Saturday, November 13, 2010

जय श्रीमन्नारायण अन्नकुट महोत्सव

अन्नकुट उत्सव यही कात्तिक २७ गते श्रीवेंकटेश मन्दिर (देवस्थान) गौशाला बत्तिसपुतली काठमाण्डौं ९ मा समाप्त भएको छ ।
यस उत्सवमा अत्याधिक भक्तहरूको उपस्थिति थियो । उत्सवमा विभिन्न स्थानबाट स्वामीजीहरूको उपस्थिति रहेको थियो ।
अन्नकुट महोत्सवको वारेमा विभिन्न विद्वान स्वामीजीहरूले प्रवचन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन गोविन्द अधिकारीले गरेका थिए । कार्यक्रमको सुरुवातमा ‘विष्णुसहस्रनाम स्तोत्र’ पारायण गरिएको थियो । र सो पारायणको अगुवाई युवा विद्वान रामानुज नेपालले गर्नु भएको थियो । श्री श्री  श्री १००८ श्रीमन्नारायण चिन्नजीयर स्वामीजीको तिरु नक्षत्र उत्सव पनि त्यसै अवसरमा मनाइएको थियो । सो अवसरमा श्री स्वामीजीको वारेमा तथा ‘तिरु’  नक्षत्र उत्सवको वारेमा खोपासीबाट आउनु भएका यतिराज स्वामीजीले प्रकास पार्नु भएको थियो ।
यसैगरि श्री१००८ स्वामीपद्मधराचार्य ज्यूले श्रीस्वामीजीको चित्रपटमा सम्पूर्ण भक्तभागवतहरूको प्रतिनिधीको रुपमा पुजा आराधना गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा युवा विद्वान श्री रामानुज नेपाल ज्यूले अन्नकुट महोत्सवको महत्वको वारेमा प्रकास पार्नु भएको थियो । र त्यसको लगत्तै श्रीभगवानलाई यथासक्ति विभिन्न परिकारहरू पनि भोगलगाइएको थियो । र भक्त भागवतरूले सो  दिव्य अन्नकुटको दर्शन गरेका थिए ।
विकास तरंगीणिको उपहार कार्यक्रमको नतिजा पनि हिजो नै गरीएको थियो । सो कार्यक्रमपछि करिब १५०० जति भक्तभागवतहरूले अन्नकुटको तदियाराधना गर्नु भएको थियो । 

No comments:

Post a Comment