Tuesday, November 16, 2010

जय श्रीमत्रारायण
श्रीवेंकटेश भगवानको जय
सधैंको महिना झैं यो मंसीर महिनामा पनि  श्रीभगवानको  तिरुमज्जन भव्य रुपमा मनाउन गैरहेका छौं । यो पोष्ट गर्दै गरेको समयमा श्रीभगवानको आरती चलिरहेको छ ।
श्री भगवान्को मन्दिरको पुनरनिर्माण चलिरहेकाले अहिले भगवान वालालयमा हुनुहुन्छ । तसर्थ श्रीभगवानको नित्य रुपमा हवन पनि हुने गरेको छ ।

Monday, November 15, 2010

श्रीसुर्दशन भगवानको अनुष्ठान

श्रीसुर्दशन भगवानको अनुष्ठान
आज श्री सुदर्शन भगवानको अनुष्ठान भैरहेको जानकारी गराइन्छ । श्री सुदर्शन भगवानको अनुष्ठान विशेष गरेर अभिष्ट फल प्राप्तीको लागि गरिन्छ । रोग विशेष तथा अनिष्ट ग्रहको शान्ति सबै यसैवाट निवारण हुन्छ । तथापि श्रीवेंकटेश भगवानको कृपा हामी सवैले प्राप्त गरीरहेकै छौं । र श्री भगवान्ले सवै भक्तहरूको पुकार सुन्नु नै हुनेछ ।

Saturday, November 13, 2010

अथ भगवन्निर्हेतुकविषयीकारप्रकरणम् ।


स्वदोषानुसंधानं भयहेतुः भगवदगुणानुसन्धानमभयहेतुः ।।३८९।।
अथ स्वदोषानुसंधानं भयहेतुः भगवद्गुणानुसंधानमभयहेतुरित्यारभ्य निवत्र्यज्ञानं भयहेतुः निवर्तकज्ञानमभयहेतुरित्यंतं तस्याधिकारिणोऽनादिकालार्जितकर्मविनाशकारणस्य अद्वेषादिप्राप्तिपर्यंतं मध्यस्थफलानां प्रधानहेतोर्भगवन्निर्हेतुककृपाया वैभव उच्यते ।
संसारिणां दोषः स्वदोष इत्यनुसंधानमारभ्य प्रसक्तानुप्रसक्ततया आगतार्थविशेषाणां प्रतिपादनानंतरं पूर्वस्वदोषस्येत्यादिवाक्येऽस्यानवरतकर्तव्यतयोक्तस्वदोषमगवद्भागवत–गुणानुसंधानेषु भागवतगुणानुसंधानस्य प्रतिपाद्यांशस्यानुपयुक्तत्वात्तद्विहाय तदुपयुक्तस्वदोष– भगवद्गुणानुसंधाने अंगीकृत्य तयोद्र्वयोरपि प्रयोजनमेतदित्याह– स्वदोषानुसंधानमित्यादिना ।
अनात्मगुणादयस्तन्मूलत्वेनानादिकालमारभ्य सारतयास्थिता अविद्यादयश्च दोषः, एतदनुसंधानमेतेन हेतुना पुनः संसरणागतौ किंकर्तव्यमिति भयस्य हेतुः । भगवद्गुणा नाम–एतद्दोषंदृष्ट्वाüपरित्यज्यांगीकृत्यैतं क्षत्वाद्रमुमात्मानं चरणौ प्रापयितुमुपयुक्ता–स्तस्य दयाक्षात्यादयः, एतदनुसंधानम्– अनादिकालं संसरणहेतुस्वदोषबलदर्शनेन चैवं भवति चेत् किं कर्तव्यमिति जायमानस्य भयस्य निवृत्तिहेतुरित्यर्थः ।
अब सूत्र नं ३७३ तिर मा ‘स्वदोषनुसन्धान’ भन्ने स्थानबाट सुरु गरी ‘निवत्र्यज्ञान भयको कारण र निवर्तकज्ञान अभयको कारण’ भन्ने ठाउँसम्म यस अधिकारीका अनादिकालदेखि आर्जित कर्मका बारेमा बताइयो । विनाशका कारण अद्वेष प्रभृति प्राप्तिसम्म सम्पूर्ण फलको प्रधान कारण भगवान्को निर्हेतुक कृपावैभव नै हो भनियो ।
संसारीहरुका दोषलाई आफ्नो दोष मान्नु भन्ने स्थानसम्म आएका अर्थ विशेषको प्रतिपादन गरी ‘त्यस स्वदोष’ इत्यादि वाक्यबाट यसको निरन्तर कर्तव्यका कारण उक्त स्वदोष र भगवद्भागवद् गुणानुसन्धानमा भगवत्गुण अनुसन्धान प्रतिपाद्य अंशको उपयुक्त नभएर त्यसलाई छाडी उपयुक्त स्वदोष र भगवद्गुण अनुसन्धान यी दुवैको प्रयोजन हो भन्दै ‘स्वदोष...’ इत्यादि ः
स्वदोष अनुसन्धान भयको कारण र भगवद्गुणनुसन्धान अभयको कारण हुन्छ ।।३८९।।
स्वदोष भनेको अनात्म गुण, अनात्मगुणको कारण भएको अनादिकालको मुख्यसारको कारण भई रहेका अविद्या आदि दोषहरु हुन् । यसको अनुसन्धानका कारण पुनः संसारमा आइयो भने के गर्ने र यस्ता दोष झन् अनुवर्तन (गरिन) थालियो र स्वरूपनाश हुन थाल्यो भने के गर्ने भन्ने कुरो भयको कारण हुन्छ ।
भगवद्गुण भनेको त्यस्ता अनादि दोष देखेर पनि त्यस्तालाई उपेक्षा नगरीकन अगीङ्कार गरी क्षमा दिएर यस आत्मालाई चरणाविन्दमा मिलाउन चाहने उपयुक्त भगवान्को दयारक्षा इत्यादि गुण छन् भनिएको हो ।


दुरंतस्यानादेरपरिहरणीयस्य महतो
निहीनाचारोहं नृपशुरशुभस्यास्पदमपि ।
दयासिंधो बंधो निरवधिकत्वात्सल्यजलधे
तव स्मारं स्मारं गुणगणमितीच्छामि गतभीः ।।

इत्युक्तं हि । एवमत्र भयाभयहेतवः सकलदोषाः सकलगुणाश्चोक्ताः, तथापि हानिहेतुः कर्म प्राप्तिहेतुः कृपेति कर्मफलवत् कृपाफलं चानुभाव्यमेवेतिच कर्मकृपे हानिप्राप्त्योर्हेतुत्वेनोक्त्वा भयहेतुः कर्माभयहेतुः कारूण्यमिति निगमनं कृतं, एतेषु सर्वेष्वस्य संसारमोक्षयोः प्रधानहेतुत्वात्तयोरेतावुभावप्यनुगच्छंतोüन्ये यत्रैतौ वर्तेते तत्र सर्वे स्वत एवागच्छंति ।
स्वस्य दोषानुसंधानं भयहेतुर्भवेत्सदा ।
हरेर्गुणानुसंधानं भयाभावस्य कारणम् ।।३८९।।
यसको अनुसन्धान गर्दा अनादिकालदेखि संसारका कारण भएको स्वदोष बल देखी आफै यस्तै भयो भने के गर्ने होला भन्ने भयनिवृत्तिको कारण हुन्छ । आलवंदारस्वामी भन्नुहुन्छ– अन्तरहित अनादि अपरिहार्य महत् अशुभको घर क्षुद्र आचार गर्ने म अशुभ हँु हे दया बन्धु ! हे निरवधिकवासल्य जलधे ! हजुरका गुणगान स्मरण गरी निर्भीक भएर कैंकर्य गर्न चाहन्छु ।
यसरी भय र अभयका कारण भएको सम्पूर्ण दोषका कारण चेतन र गुणको खानी प्रभुलाई मानिएको छ । चेतनका लागि हानिको कारण कर्मदोष हुन्छ भने परमात्माको गुण फलको कारण हुन्छ, यसैलाई नै भगवद् कृपा भनिन्छ । कर्मफल जस्तै कृपाफल पनि अवश्य अनुभवयोग्य छ । कर्म र कृपालाई नै हानि र फलको कारण मानेर भयका कारण कर्म र अभयका कारण कारुण्य हुन्छ भनी विवेचना गरियो । यसरी चेतनमा संसार र मोक्षको प्रधान कारण कर्म र कृपा हो । चेतनामा यी दुवै छन्, यी दुवै जहाँ छन् अरू सबै आफै आउँछन् । कर्म शब्द बन्धनका कारण चुप छन् भने कृपा शब्दचाहिँ मुक्तिको कारण भएकाले व्यापक छ ।


जय श्रीमन्नारायण अन्नकुट महोत्सव

अन्नकुट उत्सव यही कात्तिक २७ गते श्रीवेंकटेश मन्दिर (देवस्थान) गौशाला बत्तिसपुतली काठमाण्डौं ९ मा समाप्त भएको छ ।
यस उत्सवमा अत्याधिक भक्तहरूको उपस्थिति थियो । उत्सवमा विभिन्न स्थानबाट स्वामीजीहरूको उपस्थिति रहेको थियो ।
अन्नकुट महोत्सवको वारेमा विभिन्न विद्वान स्वामीजीहरूले प्रवचन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन गोविन्द अधिकारीले गरेका थिए । कार्यक्रमको सुरुवातमा ‘विष्णुसहस्रनाम स्तोत्र’ पारायण गरिएको थियो । र सो पारायणको अगुवाई युवा विद्वान रामानुज नेपालले गर्नु भएको थियो । श्री श्री  श्री १००८ श्रीमन्नारायण चिन्नजीयर स्वामीजीको तिरु नक्षत्र उत्सव पनि त्यसै अवसरमा मनाइएको थियो । सो अवसरमा श्री स्वामीजीको वारेमा तथा ‘तिरु’  नक्षत्र उत्सवको वारेमा खोपासीबाट आउनु भएका यतिराज स्वामीजीले प्रकास पार्नु भएको थियो ।
यसैगरि श्री१००८ स्वामीपद्मधराचार्य ज्यूले श्रीस्वामीजीको चित्रपटमा सम्पूर्ण भक्तभागवतहरूको प्रतिनिधीको रुपमा पुजा आराधना गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा युवा विद्वान श्री रामानुज नेपाल ज्यूले अन्नकुट महोत्सवको महत्वको वारेमा प्रकास पार्नु भएको थियो । र त्यसको लगत्तै श्रीभगवानलाई यथासक्ति विभिन्न परिकारहरू पनि भोगलगाइएको थियो । र भक्त भागवतरूले सो  दिव्य अन्नकुटको दर्शन गरेका थिए ।
विकास तरंगीणिको उपहार कार्यक्रमको नतिजा पनि हिजो नै गरीएको थियो । सो कार्यक्रमपछि करिब १५०० जति भक्तभागवतहरूले अन्नकुटको तदियाराधना गर्नु भएको थियो ।