Monday, October 18, 2010

श्रीवेंकटेश मन्दिर (देवस्थान) परिचय गौशाला चौक(वत्तिसपूतली) काठमाण्डौं

१. ई. स १८८८मा नेपाल(काठमाण्डौं)बाट केही सहतीर्थयात्रीहरुका साथ श्रीमती गरुडध्वज रामानुज दासी नीजका श्रीमान गोविन्दाचार्य तिरुमला तिरुपति बालाजी भगावनको दर्शन गर्न पदैल रेल वयलगाडा टमटम आदि सवारी साधनहरूको प्रयोग गर्र्दै ८ दिनमा तिरुपति तिरुमला पुग्नुभयो । तीरुमलामा बालाजी भगवानको दर्शन गरी देवस्थान परिशर भीत्रै रात्री जाग्रामवसी भगवान नारयणको किर्तन गर्ने कार्यक्रम अनुसार सांझ दिपक वाली सामुहिक  किर्तन कार्यक्रम शुरु गरियो । पूर्ण रात्री किर्तनै चलिरहदा ब्रह्म मुहूर्त वेलामा ‘गरुडध्वजी रामानुजदासी मलाई काठमाण्डौमानै लगी सेवा गर’ भनी कसैले भनेको प्रष्ट आवाज कानमा पर्न गयो । यो प्रष्ट सन्देस भगवान् बालाजीवाटै कृपा भएको हो भन्ने सम्झेर यी सन्देस वहा“ले श्रीमान् तथा सहतीर्थयात्रीहरूलाई पनि सुनाउनु भयो । तिरुमलामा रहेका तत्कालीन स्वामीजीहरू र महन्तहरू समेतको सन्देश वारेको परामर्शवाट भगवानको सानो विग्रह ल्याई काठमाण्डौंमा आप्mनो पुजा घरमा स्थापना र प्रतिष्ठा गरी आराधना गर्न थालियो । भगवत आराधना एवं भगवत कृपाबाट ई.स. १९१० मा फेरी तिरुमला बालजी गई भगवानको दर्शन गरी श्रीदेवी भूदेवी सहित श्रीनिवास भगवानको उत्सब विग्रह लिएर आउनु भयो । आप्mनै घर कम्पाउण्डमा ठूलो कोठा निर्माण गरी भगवान विराजमान गराई पूजा आराधना विस्तारित रुपबाट सुरु गर्नु भयो ।
२. ई.स. १९३० मा तेश्रोपटक दक्षिण भारत तीर्थ यात्राको क्रममा तिरुमाला वालाजी भगवानको दर्शन गर्दै श्रीवैष्णबगुरु ताताद्री स्वामीको दर्शनका लागी (नागुनेरी) तोताद्री पुगी २५औ वानमामलै तोताद्री जीयर स्वामीको दर्शन  गर्नुभयो । २५ औं वानमामलै तोताद्री जीयर स्वामीज्यूबाट नेपालमा तपाईलाई वालाजी भगवानको कृपा भएको छ, वर्तमान समयको देवस्थान सानो छ , ठूलो जमिनको क्षेत्रमा ठूलै मन्दिर निर्माण गरेर ठूलै विग्रहको स्थापना गरी साथमा श्रीरामानुज स्वामी श्रीशठकोप स्वामी आदिको विग्रह समेत स्थापना गरी नित्य पुजा अर्चना, गर्ने गराउने निर्देशन भयो । स्वामीज्यूको निर्देशन प्राप्त गरी नेपालमा पहिलो श्रीवैष्णब देवस्थान बनाउने अठोटका साथ काठमाण्डौं गौशालामा आप्mनो स्वामीत्वमा रहेको ०१–१०–०–० क्षेत्रफल जग्गा देवस्थानलाई दानगरी सार्वजनिक रूपबाट ठूलै मन्दिर बनाउने कार्य सुरु भयो । सरकारको स्वीकृती लिई कानुन सम्मत ढंगवाट देवस्थान संचलन गर्ने प्रकृया पनि सूरु गरियो । वालाजी भगवानको ठूलो मूल विग्रह प्राप्त नहुन्जेल २५औं तोताद्री वनमामलै जीयर स्वामीज्यूकै निर्देशन अनुसार नै उत्सब विग्रहबाट भगवानको आराधना हुन थाल्यो ।
३.  ई.स. १९५१ मा वालाजी भगवानको ठूलो(अचल) मूल विग्रह र आलवार र स्वामीजीहरुको विग्रह दक्षिण भारतबाट ल्याइयो । अयोध्या, बनारसबाट आचार्य स्वामीजीहरू बोलाई पंचरात्र आगम बीधि अनुसार शुभ मुहूर्तमा मूल विग्रह, आलवार र स्वामीहरुको वीग्रहको स्थापना एवं प्राण प्रतिष्ठा सम्पन्न गरी नित्य पुजा आराधना सुरु गरियो ।
४.  ई. स. १९४९–५१ मा बनेको देवस्थान (मन्दिर) सानो हुदै गएको, नेपालमा वैष्णव भक्तहरुको संख्यामा बृद्धि हुदै गएको कारणबाट समय समयमा भौतिक योजना विना नै मन्दिरको सुविधालाई ध्यानमा राख्दै भवनको विस्तार हुदै रह्यो । यस्तो विस्तारबाट भवनको स्वरूप विग्रनुका साथै असुविधाहरू पनि बढ्दै गए । झण्डै ३०–३५ वर्षको समय यस्तै कठिनाई र असुविधाहरूलाई सहदै र भोग्दै वित्यो । ई.स. २००७ (२०६४ माघ) मा गठन भएको नया व्यवस्थापन समितिमा मन्दिरको भौतिक संरचनाका वारेमा छलफल भई दुई महत्वपूर्ण निर्णयहरू भए । पहिलो निर्णय देवस्थान छेउमानै रहेको जमिन प्राप्त गरी सो जमिनमा पहिले धर्मशाला बनाउने । दोश्रो धर्मशाला बनेपछि भगवानलाई केही बर्षका लागी त्यहां सार्ने र देवस्थानको गुरुयोजना(mबकतभच उबिल० वनाई देवस्थान भवन निर्माण गर्ने ।
५.  योजना अनुसार देवस्थान परिशर भीत्रै स्व्ँँमी राम प्रपन्नचार्यको आर्थिक सहयोबाट रु.सत्तरीलाख(७०,०००००)बाट ०–०८–०–० क्षेत्रफल जमिन खरिद गरी अन्य सहयोगी भक्तजनहरुको दान सहयोगबाट झण्डै एक करोड तीस लाख (१३००००००)को लागतमा बेसमेन्ट सहितको ४ तल्ले भवनको निर्माण कार्य पुरा भएको छ । हाल बालाजी भगवानको धर्मशालाको ठूलो कक्षमा (वालालयमा) स्थापना गरी नीत्य पुजा अर्चना गरी चलिरहेछ ।
६. देवस्थान (मन्दिर)को नया भवनको निर्माणका लागी नेपालका अनुभवी वरिष्ठ वास्तु विशेषज्ञ आर्किटेक्ट इन्जिनीयरहरुबाट देवस्थानको नक्सा तयार भएको छ । यसको निर्माणमा छ करोड लाग्ने र लगातार निर्माणकार्य भइरहेमा २ वर्षको समय लाग्ने अनुमान गरिएको छ ।
७ अन्त्यमा ः– ई.स. १८८८मा वालाजी भगवानबाट ब्रह्ममूहर्तमा ‘मलाई काठमाण्डौं लगी स्थापना गर’ भन्ने भगवानको वाणीकै कृपाले पूजाकोठामा उत्सब विग्रहबाट सुरु भई पूजा आराधना सूरु भएको भगवान ‘बालाजी’को विग्रह र देवस्थानले भव्यता पाएको छ । आज नेपाल अधिराज्य भरी ५ लाख र काठमाण्डौं उपत्यकामा मात्रै एकलाख पचास हजार श्रीवैष्णव छन् । यस देवस्थानमा भगवत आराधना विधीसम्मत ढंगवाट हु“दै रहेको छ । भगवानको नित्य पूजा अर्चना ,अन्य कैंकर्य, पूजारी सेवा भोगप्रसाद सवै स्थानिय स्तरमा रहेका वैष्णवहरु उद्योग व्यवसायी, व्यापारीहरुको सहयोगवाट झन्डै ८० वर्ष देखि संस्थागत रुपमा हुदै आएको छ । यस संस्थाको प्रत्येक वर्षआय व्ययको लेखापरिक्षण भई संस्थाको साधारण सभा र सरकारको सम्बन्धीत कार्यलयहरूमा पनि पेश हुने गर्दछ । भारतको विभिन्न स्थानहरुबाट मुक्तिनाथ र पशुपतिनाथ दर्शन गर्न प्रत्येक वर्ष आउने तीर्थ यात्रीहरुको सेवा समेत यस संस्थाले गर्दै आएको छ ।
यो देवस्थान नेपाल सरकारमा रजिस्टर्ड गैर सरकारी संगठित धार्मिक संस्था हो । यस मन्दिर देवस्थानको निर्माणमा हामी संचालकहरु यहा“को आर्थिक सहयोगको अपेक्षा राखि यसका ऐतिहांसिक पूराना नक्साहरू, नया“ निर्माण भएका भवन, र अब निर्माण हुने नया मन्दिर
(देवस्थान)को नक्साका प्रतिलिपी पेशगरी सकरात्मक सहयोगको अपेक्षा गर्दछौं ।
         धन्यवाद
       श्रीवेंकटेश मन्दिर(देवस्थान)
                संचालक वर्ग

No comments:

Post a Comment