Pages

Tirupawai

श्री ब्रत अथवा तिरुप्पावैको वारेमा

चार हजार दिव्यप्रबन्धमा पहिलो सहस्रको तेस्रो दिव्यप्रबन्ध, श्रीगोदादेवीद्वारा अनुगृहीत

तिरुप्पावै अर्थात् श्रीव्रतप्रबन्ध 


श्रीकाञ्चीप्रतिवादि भयङ्कर जगदाचार्यसिंहासनाधीश श्रीमदण्णङ्गाचार्य–विरचित
संस्कृतव्याख्यानुसार   नेपाली अनुवाद
तिरुप्पावै–दिव्यप्रबन्धको अगाडि श्रीपराशरभट्ट स्वामीद्वारा रचित असाधारण स्तुतिपद्य—
नीलास्तुङ्ग......... एवास्तु भूयः ।।
नीलादेवीका उच्चस्तनरूपी पर्वत तटमा सुकला भएका श्रीकृष्णलाई जगाएर हजारौं वेदान्तवाक्य सिद्द ‘ चेतन भगवानकै शेष हो’ भन्ने दिव्य उपदेश गर्नुहुने र आपूmले पहिरेको पुष्पमालाले भगवानलाई बांधेर निर्बन्धपूर्वक प्रभुको अनुभव गर्ने गोदादेवीलाई वारम्बार नमस्कार छ ।
श्रीकृष्णावतारको समयमा व्रजमा नीलादेवीका कुम्भ नामका एक मामा थिए । कुम्भका घरमा यीनै माहालक्ष्मीजी अर्थात् नीलादेवीपनि नप्पिन्नैपिराट्टि नाम लिएर अवतार लिनुभयो । वलवान वलवान सात सांडे थिए यिनका गोठमा, ती सांडेलाई एकै चोटी नथेर पुरुसार्थ गरी नीलादेवीसंग श्रीकृष्णले विवाह गर्नुभएको थियो ।
श्रीपराङ्कुस परकालादि दिव्यसुरिहरूले गोपालकुलमा अवतरित श्रीकृष्णले समानकुलकी यिनै संग विवाह गर्नुभएको हो भन्नुहुन्छ । यो तिरुप्पावै दिव्य प्रबन्धमा पनि यिनै नीलादेवी संग सुकला हुनुभएका श्रीकृष्णलाई नै जगाउनु भएको हो । अठारौं उन्नाइसौं र वीसौं गाथामा यो कुरा खुलेको छ । कुत्तुविलक्केरिय भन्ने उन्नाइसौं गाथा अनुसार नै यो तनियन श्लोक श्रीपरासरभट्टस्वामीले यहां प्रस्तुत गर्नूभएको हो । उन्नाइसौं गाथमा ‘ हे निलादेवीका स्तनतटमा सुकला हुनुभएका श्रीकृष्ण जागा हुनुहोस् ’भनिएको छ । माथिको श्लोक त्यसै अनुसारनै रचिएको हो । श्रीकृष्णलाई जगाएर
गोदादेवीले २९ औं गाथा ‘शित्तम् शिरुकाले’ भगवान्लाई सुनाउनु भएको हो । त्यहा“ समस्त चेतन हमेशा भगवनका शेष हुन् । वेदान्तका सारा भाव यही हो । भगवान सर्वशेषी, स्वामी हुनुहुन्छ । त्यैले सारा जिवात्माबाट अनिवार्य हजुरले सेवा लिनै पर्छ । यसरी गोदादेवीले भगवान्संग जीवात्मा सारा हजुरकै सेवक भएकाले, शेष भएकाले हजुरकै हुन् भन्नुभएको छ । यहा“ गोदादेवीले भगवानलाई आफु भगवानकै शेष भएको कुरा उपदेश गर्दै हुनुहुन्छ भन्दा झन् राम्रो हुन्छ, सरपूर्ण हुन्छ । गाथामा ‘हे गोविन्द म भन्छु सुन्नुहोस’भनेर गोदादेवी भन्नुहुन्छ । त्यसैलाई लक्ष्य गरेर  यहा“ पनि त्यस्तै उपदेशको प्रस्ताब गरिएको छ । अनादिकालदेखि यो संसारी चेतन यती दिव्य भगवद् शेषत्वलाई विर्सिएर स्वतन्त्र छु भन्ने भ्रममा परेर मग्न भै दशा  भोगीरहेछ । भगवान्पनि के गर्नु र वेदले भनेको मान्दैनन् जती गरेपनि केही लागेन भनेर जीवात्मा जस्तै आप्mनै सुरमा मस्त रहनुभएको अवस्था छ । गोदादेवीले यही अप्ठ्यारो कुरोलाई सुल्झाउन पहिले नै ‘हजुरकै शेष हुन् यी जीवात्मा, अजुर जीवात्माका शेषी हुनुहुन्छ सारा चेतनवर्ग हजुरकै सम्पत्ति हुन्’ भन्ने उपदेश गर्नुहुन्छ र भगवानलाई पनि
गोदादेवीले सम्झाईदिएपछि ‘ए, होत्त, नि ’ जस्तो भयो र आप्mनो सर्वशेषित्वको याद आयो । गोददेवीका यी महत्वपूर्ण उद्घोष त्यसैले विलक्षण भएको छ ।
अव दोस्रो पादमा गोदवीका चरित्रलाई लिएर उहा“को विचित्र वैभव उपवर्णित छ । भगवानलाई आप्mनो जडाउरि , आफुले पहिरिएको पुष्पमाला अर्पण गर्नु एक असाधारण  लीला हो भन्ने कुरो यहां गहिरिएकर सोच्नु परेको छ हाम्रा आचार्यवर्यलाई । यसैलाई लिएर पुप्पमालाले भगवानलाई आप्mनो भगवान्लाई आप्mनो प्रेमपाशमा वांधेर उच्छिष्टमाला समर्पण गर्नु जस्तबो हजुरको अति माहान प्रेमले त्यसैमा बाधिइनु भयो । उनन्तीसौं गाथामा ‘ हे गोविन्द हजुरले हाम्रो सेवा लिनै पर्छ ’ भनेर कर गर्नु भएको छ । यस्तो प्रार्थनालाई लक्ष्य गरेर यहा“ बताइएको छ – बलात्कृत्य भूङ्क्ते (निर्बन्ध भगवानको अनुभव गर्नुहुन्छ । गोदादेवीद्वारा  गरिएको भगवानको सेवा त प्रभुको अनुभव नै हो ।
‘यस्तो विलक्षण दिव्य वैभववाली गोदादेवीका सत्रिधिमा अत्यन्त भक्तिले प्रेरित भएर वारम्वबार नमस्कार गर्नु नै हाम्रो लागि उचित छ’ – यस्तो अर्थ चौथो पादमा बताइएको छ ।
दोस्रो तनियन —
हंस युक्त खेतिले विभुषित श्रीविल्लिपुत्तूरमा अवतीर्ण श्रीगोदादेवीले श्रीरङ्गनाथभगवानकालागि अति मधुर गान गर्न योग्य तिरुप्पावै नामक दिव्यप्रबन्धका पद्यहरूको अर्पण गर्नुभयो । एवं आप्mनो केशपाशमा धारणगरेको पुष्पमाला पनि अर्पण गर्नुभयो । (हे हृदय † यस्ता महामहिम) प्रभुको कीर्तन गर ।
श्रीगोदादेवीले दुईवटा माला अर्पण गर्नुभयो । एक तिरुप्पावै दिव्यप्रबन्धका तीसवटा गाथाहरूले ग्रथित वाचिक माला र अर्को आप्mना शिरमा धारण गरेको पुष्पमाला । यद्यपि दुइवटै माला श्रीरङ्गनाथभगवानलाई अर्पण गर्नुभयो तथापि पहिलो माला समस्त भक्तजनहरूले भोग्य छ । पुष्पमाला त केवल भगवानकालागिमात्र उपभोग्य छ । त्यसोभएको हुनाले आप्mना सन्तति समस्तभक्तजन एवं आप्mना पति भगवानका प्रसन्नताका लागि उक्तमाला प्रधान गर्नेवाली गोदादेवको कीर्तनगर्नु हाम्रो कर्तव्य हो ।
तेस्रो तनियन —
 हे पुष्पमाला स्वयं धारण गरेर पछि भगवानलाई अर्पण गर्नाले शोभा पाउनेवाली † हे स्वर्णलता सदृस † हे तिरुप्पावै दिव्यप्रबन्धको रचनाले प्रकाशित कारुण्य गुणवाली † श्रीवेङ्कटनाथ भगावनको अनन्यार्हशेषत्व माग्ने वाला हजुरका श्रीसूक्तिमा मलाई निष्ठावान बनाईदिनुहोस् ।
 यस पद्यमा साक्षात् गोदादेवीलाई नै सम्बोधन गरेर यस्तो प्रार्थना गर्नुहुन्छ कि — ‘हे गोदादेवी हामीलाई यस्तो भाग्य दिनुहोस कि हजुरको श्रीसुक्ति अनुकूल आचरणहरूमा नै हामी निरत हौं, न कि त्यसका विरुद्धमा’ । गोदादेवीले श्रीवेङ्कटाद्रिनाथ भगवान्संग यस्तो प्रार्थना गर्नु भएको थियो कि,‘हे प्रभो† मलाई हजुरको अनन्यार्ह शेष बनाइदिनुहोस । यहा“ यस्तो शंका हुन सक्दछ कि यस तिरुप्पावै दिव्यप्रबन्धमा श्रीवेंकटाद्रिनाथ भगवानको नाम पनि लिइएको छैन, तर पनि प्रार्थना कहा“ गरिएको हो ?
 यसको प्रत्युत्तर यो हो कि उनन्तीसौं ‘शित्तं शिरुकाले’ पद्यमा भगवानसंग यस्तो प्रस्ट प्रार्थना देखिन्छ । यद्यपि त्यहा“ श्रीवेंकटेश भगवानको स्पष्ट नाम निर्दिष्ट छैन, तर पनि  श्रीकृष्णलाई लक्ष्य गर्ने गोविन्द नाम नै उल्लेख भएको छ । तथापि आल्वारहरूको (गोदादेवीको पनि) यो दृढ भावना छ कि परंपदमा विराजमान हुने, क्षीराब्धिमा शयन गर्ने राम कृष्णादि  रूपले अवतीर्ण, एवं श्रीरङ्ग, वेंकटाद्रि आदि दिव्यदेशहरूमा अर्चारूपले विराजमान भगवान एकै हुनुहुन्छ । अतः एक ठाउ“मा गरिने प्रार्थना अर्को रुपमा पनि गरिएको मान्न सकिन्छ । यस्तो ऐक्य भावनाका स्तुतिहरू र प्रार्थनाहरू दिव्यप्रबन्धहरूमा हजारौं मिल्दछन् । यस्तै प्रकारले विभवावतारको चरित्रहरू वर्णन गर्ने आल्वार उस अवतारका साथ एक अर्चावतारलाई पनि मिलाएर वर्णन गर्नुहुन्छ, जस्तो कि पेरियालवार ले व्रजमा श्रीकृष्णावतार हुदा“ त्यहा“का गोपहरूको संभ्रम चरित्रहरूको वर्णन गर्दै गर्दै उपक्रममा यस्तो पीठिका रच्नुहुन्छ — ‘गोष्ठीपुरका अधिपति श्रीकृष्ण जब व्रजमा अवतीर्ण हुनुभयो तव.............। त्यस्तै प्रकारले पेरियालवारले कल्पित यशोदाजी श्रीकृष्णसंग यस्तो विन्ती गर्नुहुन्छ — हे तिरुवेल्लरै दिव्यदेशमा विराजमान बालकृष्ण  † पुष्पधारण गर्नलाई आइज ।’ तिरुप्पाणाल्वार श्रीवेंकटाचलमा विराजमान श्रीरङ्गनाथ भगवानको वर्णन गर्नुहुन्छ । अतः श्रीवेंकटेश भगवानसंग पनि प्रार्थना गरिएको मान्न सकिन्छ र उक्तपद्यमा निर्दिष्ट गोविन्द नाम श्रीवेंकटेश भगवानको विशेष नामको रूपले भक्तले मान्दछन् । श्रीवेंकटाचलयात्रा गर्नेवाला भक्तहरू गोविन्द नाम नै वारम्बार पुकार्दै अगाडि बढ्दछन् । अतः यस्तो अनुमान गर्न सकिन्छ कि श्रीगोदादेवीले आप्mनो हृदयमा श्रीवेंकटेशभगवानलाई नै लक्ष्य गरेर गोविन्द नामको उच्चारण गर्नुभयो । अथवा नाच्चियारतिरुमोलि नामक आप्mनो दोस्रो प्रबन्धको प्रारम्भमा अतिस्पष्ट शब्दमा नै श्रीवेंकटेश भगवानको अनन्यार्ह शेष बन्ने प्रार्थना गर्नुहुन्छ । त्यही प्रार्थनाका अनुसार यो तनियन रचिएको हुनसक्छ ।
तनियन विवरण समाप्त भयो ।